Erani Mahal
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना
mausam-water
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । प्रदेश–१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहने उहाँले बताउनुभयो । यतिबेला काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली भइ हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपातका कारण चिसो अझै बढ्ने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update