Erani Mahal
बगनासकाली बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा
da
पाल्पा- बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि. बगनासकाली पाल्पाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै युवा पलायन रोक्दै ग्रामीण अर्थतन्त्रको विकासमा सहकारीले काम गर्नुपर्ने बताउनुभयो । सभामा सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुषालले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी, बालबचत कर्ता, जग्गादाता, भवन निर्माण कार्यमा सहयोगी तथा अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीले आफ्नै भवन मार्फत आर्थिक, दुग्ध संकलन लगायतका कामको समेत सुरुवात गरेको छ । सहकारीका सचिव कमलराज तिमिल्सेनाले कार्यक्रम संचालन गर्नुभएको थियो भने अध्यक्ष कृष्ण भुषालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update