Erani Mahal
सहकारीबाट नै ग्रामीण अर्थतन्त्रमा सुधार : मुख्यमन्त्री केसी
Sa d
पाल्पा- सहकारीबाट नै ग्रामीण अर्थतन्त्रमा सुधारहुन सक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएकाे छ । सहकारी मार्फत कृषि पशुपालनलाइ बढावा दिन सकेमा लुम्बिनी प्रदेश मुलुकमै शक्तिशाली हुने आधार रहेको उहाँले बताउनुभयाे । सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको मुख्यमन्त्री केसीले बताउनुभयाे । प्रदेशकाे १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेको र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताउनुभयाे । बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उहाँले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताउनुभयाे । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने बताउनुभयाे । केशीले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको बताउनुभयाे । उहाँले त्यसका लागि ५० करोड बजेटको व्यवस्था गरिएको समेत बताउनुभयाे । उहाँले प्रदेश बैंक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताउनुभयाे । कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताउनुभयाे । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे । उहाँले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयाे । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा एक हजार ११० शेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयाे । सहकारीले गाउँमा रहेका चारवटा सहकारी मर्जगरेर एकिकृत काराेवार गरेकाे र तीन वर्षमा नै सुविधा सम्पन्न भवन बनाउन सफल भएकाे अध्यक्ष भुषालले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update