Erani Mahal
निस्दीका विद्यालयहरुले पौषको अन्तिम हप्ता दोस्रो परीक्षा सन्चालन हुने
259066079_955196988418315_4882956387020881188_n
होम राई मगर,पाल्पा – निस्दी गाउँपालिका पाल्पाका विद्यालयहरुमा आगामी पौष महिनाको अन्तिम हप्ता देखि दोस्रो परीक्षा सन्चालन हुने भएको छ । निस्दी स्रोत केन्द्र मित्याल,पाल्पाका प्रधानाध्यापकहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि प्रथम त्रैमासिक परीक्षा कोभिड–१९ का कारण विद्यालयले आफू अनुकुल परीक्षा सन्चालन गरेका थिए । सिकाइ सहजीकरणमा सहज भएको भन्दै दोस्रो त्रैमासिक परीक्षा स्रोत केन्द्र स्तरीय आगामी पौष २२ गते बिहीबार देखि सन्चालन गर्ने भएको हो । यसैगरी बैठकले गाउँपालिकामा बैठक बस्ने निश्चित ठाउँ नभएको भन्दै अबको बैठक वडा स्तरमा घुम्टी बैठकको आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकमा जम्मा ५४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख अतिथि रहेको बैठको सहजीकरण शिक्षा संयोजक नर बहादुर थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update