Erani Mahal
सरकारी कार्यालयमैे टिकटक
tiktok-5064078_1280
पछिल्लो समय नेपालका सरकारी कार्यालयका कर्मचारीहरुले कार्यालय भित्रै टिकटक बनाउन थालेका छन् । केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ । केही समय अघि लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकक्षमै माओवादी कार्यकर्ताहरु टिकटक बनाउन नाचेपछि ब्यापक आलोचना भएको थियो । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ । कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ । बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन् । कार्यालयको सेवा कक्षमै सेवाग्राहीका काम छोडेर टिकटकमा नाच्ने निजामती सेवाका कर्मचारी र शिक्षक शिक्षिकाको बिद्यालय प्रांगणर्मै हुने हर्कतले सेवा मात्र प्रवाभित गरेको छैन । समाजमा नकारात्मक सन्देश दिई रहेको छ । टिकटक बनाउने कर्मचारीहरुले टिकटकमा कार्यालय समयमा फुर्सद निकालेर एकछिन भन्दै कर्मचारी परिचय पत्र झुण्डयाएर तथा सेवामा रहदाको सरकारी पोशाकमै टिकटकमा नाचेका दृष्यहरु देख्न पाईन्छ । कर्मचारहरुको नियमित अनुगमन नहुदा यस्तो बिकृती बढदै गएको सेवाग्राहीहरुको गुनासो छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता बसन्त अधिकारीले निजामति कर्मचारीहरुले कार्यालय समयमा सेवालाई प्रभावित गर्ने गरी अन्य कुनै कार्य गर्न नहुने भन्ने निजामती सेवा ऐनमै उल्लेख भएको बताउदै सन्देशमुलक सुचना दिने बाहेकका कार्य गर्नु ऐन बिपरीत भएको बताउनुभयो । निजामती कर्मचारीले सेवा प्रवाह र जनतालाई सन्देश दिने खालका सुचना राखेर सामाजिक सन्जालको प्रयोग गर्नु गलत होईन तर रमाईलोका लागि कार्यालयको पोशाकमा कार्यालय समयमा नाचगान गर्नु उचित होईन अव छिट्टै नियमन हुन्छ उहाँले भन्नुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update