Erani Mahal
माओवादी केन्द्र बगनासकाली ६ को वडा अधिवेशन सम्पन्न
maoist
पाल्पा - नेकपा माओवादी केन्द्र बगनासकाली वडा नं. ६ यम्घाको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा नरेन्द्र बहादुर पचभैया, सचिवमा गणेश प्रसाद बस्याल, कोषाध्यक्ष तोलादेवी विक निर्वाचित हुनु भएको छ । अधिवेशनले २८ सदस्यीय वडा समिति निविरोध रुपमा चयन गरेको वडा सचिव गणेश बस्यालले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरा गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु खुमबहादुर विक, लिला बल्लभ न्यौपाने लगायतले शुभकामना दिर्दै पार्टी संगठन मजबुत बनाउँदै आगामि निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरेर लाग्न सबै नव निर्वाचित समिति र पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update