Erani Mahal
लाङ्घाली एकता समूहको आठौं वार्षिकोत्सब सम्पन्न
258343045_4720762337967655_6210517517013778067_n
पाल्पा-लाङ्घाली एकता समूह निस्दी-७,हुबास,पाल्पाको आठौं वार्षिकोत्सब बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । क्लबका अध्यक्ष राम बहादुर सारुको अध्यक्षतामा सन्चालन भएको समापन समारोहका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना सारुले गाउँको बिकास गर्न युवा सहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले युवाहरुलाई कृषि तथा व्यवसायमा सक्रिय बनाउन गाउँपालिकाले योजना तथा कार्यक्रम बनाएको बताउदै त्यस कार्यक्रममा लाग्न सुझाव दिनुभएको थियो । कार्यक्रममा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी,ज्यामिरेका वडा सदस्य लाल बहादुर सारु लगायतकाले बोल्नुभएको थियो । वार्षिकोत्सब उत्सवको अवसरमा सन्चालन भएको साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाली गुराँस युवा क्लब गल्धा,बेलौजी प्रथम स्थान हासिल गरेका थिए । जम्मा १६ समूहको सहभागिता रहेको खेलमा निस्दी सहलकोटले द्वितीय र सिलुवा बहिछापले तृतीय स्थान प्राप्त गरेका थिए । बिजयी प्रथम,द्वितीय र तृतीय हुने समूहहरुलाई क्रमशः नगद ३० हजार,२० हजार,१० हजार रुपैयाँ,ट्रफी र मेडल वितरण गरिएको थियो । कार्यक्रममा पाल्पा लोक आइडल धनमाया दिसुवा,लोक गायिका प्रिया मगर,सूर्य गैरे लगायतकाले संगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । खेल संयोजक मुक्त बहादुर पाटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिब योगेन्द्र थापाले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update