Erani Mahal
पाल्पाका कर्मचारीलाई मुख्यमन्त्री केसीको निर्देशन : काम गर्नलाई असार नकुरौं !
kul pd kc
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले काम गर्नलाई असार नकुर्न जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कर्मचारीलाई एकिकृत योजना बनाएर काम गर्न र पहिलो र दोस्रो चौमासिक भित्रमा विकासमा काम सक्न निर्देशन दिनुभएको छ । उहाँले काम गर्न र विकास खर्च गर्न असारमसान्तलाग्ने गरेकाे बताउँदै त्यस्ताे नगर्न सबै कार्यालयलाइ ध्यानाकर्षण गर्न आग्रह गर्नुभयाे । उहाँले विकास निर्माणका कार्य गर्दा भरपर्दो तथा दीगो बनाउनुपर्ने समेत बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले तीन वटै सरकार आगामी निर्वाचनमा केन्द्रीत भएको भन्दै कर्मचारीले अबको चार महिनाभित्रमा यस वर्षका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । शनिबार नै पाल्पामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशलाई सुशासनमैत्री र डिजिटल बनाउन लागि परेको बताउनुभयो । उहाँले लुम्बिनी आँफैमा साँस्कृतिक तथा ऐतिहासिक महत्वको प्रदेश भएकोले यहाँका सम्भावनाहरु उजागर गरे जिल्ला जिल्लाको विकासलाइ जोड्नु आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update