Erani Mahal
पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर महिलाकाे मृत्यु भएपछि ६ जना युवक पक्राउ
pakrau
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना पुरुषलाई पक्राउ गरेको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा रैनादेवी छहरा–२, सोमादीका ३५ वर्षका हुमबहादुर घर्तीमगर, सोही स्थानका ४४ वर्षका हरिप्रसाद पाण्डे, २४ वर्षका अनिल बुढा, ३२ वर्षका पदमबहादुर गाहा र २७ वर्षका धनबहादुर गाहा र रिब्दीकोट–१, बस्ने ३० वर्षका केशब आले रहेका छन् । प्रहरीले घटनामा संलग्न थप दुई जना फरार रहेको जनाएको छ । प्रहरीका अनुसार रैनादेवी छहरा–२, का ३५ वर्षका सूर्य गरम्जा र सोही स्थानका २८ वर्षका लालबहादुर बुढाथोकी फरार रहेका छन् । गत कात्तिक ३० गते घरबाट घाँस काट्न भनेर खेतमा जानुभएका रैनादेवी छहरा–२, ताङ्सिङ्गलका ३२ वर्षीय सुमित्रा विकको करेन्टमा परेर मृत्यु भएको थियो । सोमादीकै सर्दी खोलामा माछा मार्नका लागि प्रयोग भएको करेन्ट लागेर विक अचेत हुनुभएको थियो । अचेत भएकी विकको उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याएपनि मृत्यु भइसकेको अस्पतालले जनाएको थियो । पक्राउ गरिएकामाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update