X
130
Shares

पाल्पामा बिहीबार २ जनामा कोरोना संक्रमण पुष्टि

रानीमहल संवाददाता || २ मंसिर २०७८,बिहीबार १५:४२

पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

पीसीआर माध्यम्बाट गरी कुल ११ जनाको कोरोना परीक्षण गरिएकोमा २ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले बिहीबार २ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६० पुगेको छ । सक्रिय संक्रमितमध्ये ५६ जना होम आइसोलेसनमा र ४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys