Erani Mahal
आजदेखि सत्यवती मेला सुरु
Satyawati-Mela
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । सत्यवती मेला ३ दिन सम्म चल्ने छ । सत्यवती तालमा मंसिर १ गतेदेखि ३ गतेसम्म मेला सञ्चालन हुनेछ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिनदेखि मनाइने मेलामा सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने गरिन्छ । चिच्याएर वर मागेमा मनोकामना पुरा हुने जनविश्वासका कारण मेला अवधिभर बज्यैसँग वर माग्ने गरिन्छ । सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन परम्परादेखि नै रहेको छ । मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि समेत आउने गर्दछन् । मेलामा पाल्पा, गुल्मी, अर्घाखाची, कपिलबस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत, बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट समेत भक्तजन आउने गर्दछन ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update