Erani Mahal
‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’को घोषणा
mero-dance-cup
अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा काठमाडौंमा पत्रकार सम्मेलन गरी गरिएको हो । यो दुवै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो शुरु गर्ने जानकारी दिनुभयो । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल रहनुभएको छ् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेनुभएको छ । कार्यक्रममा बोल्दै फाउन्डेसन अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृति संरक्षण र प्रवर्द्धन गर्दैै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिप्रति जागरुकता ल्याउनु रहेको पनि बताउनुभयो । अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परम्परा, भाषा, रीतिथिति नछाडेको बताउनुभयो । यही सोचका कारण दुई रियालिटी शो शुरु गरिएको अधिकारीको भनाइ थियो । अधिकारीले ‘मेरो भ्वाइस कप २’को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताउनुभयो । यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपालीभाषीलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आउनु भएका कलाकार तथा आयोजकको टिमलाई भव्य स्वागत गरिएको थियो । नायक दिलीप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर बीसी लगायतलाई भव्य स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पु¥याइएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update