Erani Mahal
पाल्पामा बन्दकाे प्रभाव बिहानैदेखि, सवारीसाधन संचालन भएनन
banda
पाल्पा – विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरेकाे चर्को मुल्यबृद्धिकाे बिराेध गर्दे आह्वान गरेकाे नेपाल बन्द प्रभाव पाल्पामा पनि परेकाे छ । मंगलबार बिहानैदेखि लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेकाे र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरेकाे चर्को मुल्यबृद्धी विरुद्ध गरेकाे नेपाल बन्दकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ । पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् । प्रहरी कार्यालय पाल्पाका अनुसार भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जनाएकाे छ । बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ६ बजेदेखी साझ ५ बजेसम्म हुने साे पार्टीले जनाएकाे छ । बन्द सफल बनाउन साे पार्टीका कार्यकर्ताले साेमबार साँझ तानसेनमा मसाल जुलुस समेत गरेका थिए । बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे छ । आफ्नाे गन्तव्यमा जाने यात्रुहरूले सवारीसधान नचल्दा सास्ती बेहाेर्नु परेकाे हाे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update