Erani Mahal
पाल्पा र स्याङजाको संगम स्थल कालिगण्डकी राम्दीमा श्रद्धालु भत्तजनको घुँइचो
IMG_6259
पाल्पा – पाल्पा र स्याङजाको संगम स्थल कालिगण्डकी राम्दीमा हरीबोधनी एकादशीको अवसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ । हरीबोधनी एकादशीको अवसरमा राम्दीको कालीगण्डकी नदीमा बिहानै देखि श्रद्धालु भत्तजनको घुइचो लागेको छ । हरिबोधनी एकादशी अर्थात कात्तिके ठूली एकादशीमा कालिगण्डकी माथि पितृलाई तोरन तार्ने प्रचलन रहेको छ । बाँबियो खरको डोरीलाई कालिगण्डकी नदि माथि वारपार हुने गरि तोरन तारेमा परिवारमा सुख, शान्ति प्राप्त हुने र पितृलाई स्वर्गमा पुग्न सहज हुने धार्मिक विशवास रही आएको भत्तजनहरुको भनाई छ । मेलामा स्थानिय कृषि जन्यवस्तुहरू डाला ,सुपा ,सुन्तला, केरा, सखरखण्ड लगायतका स्थानिय उपज विक्रिको लागि राखिएको थियो । एकादशी मेलाको अवसरमा कालिगण्डकी नदिमा स्नान गरेपछि मोक्षे प्राप्त हुने विश्वासको आधारमा पाल्पा, बुटवल , गुल्मी ,स्याङजा पर्वत ,कास्की र बाग्लुङ लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेका छन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update