Erani Mahal
पाल्पामा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ९५ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना संक्रमित भएका छन् ।यस्तै स्वास्थ्य कार्यालयले सोमबार ४ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ५६ जना होम आइसोलेसनमा र ३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update