Erani Mahal
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पहिरोले अवरुद्ध
254583453_173458088259500_3520035805371503452_n
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सोमबार बिहानै खसेको सुख्खा पहिरोले अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेको हो । सोमबार बिहान ५ बजेतिर सडकको माथिल्लो भागबाट ठूलो ढुंगासहितको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो पन्छाएर एकतर्फी खुलाउने प्रयास गरेपनि ढुंगा ठूलो भएकाले नसकिएको दोभान प्रहरीका चौकी प्रमुख विष्णु कुँवरले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update