Erani Mahal
पाल्पाबाट ट्याक्टर चोरी गरेर भागेका  युवक तनहुँबाट पक्राउ !
Pakrau
पाल्पा- जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ४ मा रहेको राजेश्वर कन्स्ट्रक्सनको ट्याक्टर चोरी गरेर भागेका एक व्यक्तिलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार लु ४ त ६९८६ नम्बरको न्यू होल्याण्ड टेक्टर २४ गते राती ८ः२० बजेको समयमा तिनाउँ ६ खरापानीबाट ट्याक्टर चोरी भएको थियो । उक्त ट्याक्टर तनहुँको दमौलीमा २६ गते दमौली प्रहरीको समन्वयमा समात्न सफल भएको त्वातीले बताउनुभयो । ट्याक्टर चोरी गर्ने झापा जिल्ला विर्तामोड ९ बस्ने बर्ष २५ को राजेश राय क्षेत्रीलाई ट्याक्टर सहित प्रकाउ गरी आवश्यक अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update