Erani Mahal
पाल्पाका कार्यालयको वार्षिक प्रगति समिक्षा कार्यक्रम
256059279_1832109783646920_224480149207404621_n
पाल्पा- जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको आ.व. २०७७।०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रम तानसेनमा सुरु भएको छ । भोलीसम्म हुने समिक्षामा जिल्लाका १० वटै पालिकाका प्रगति प्रतिवेदन, समस्या र योजनाहरु प्रस्तुत भए, त्यस्तै लाइन एजेन्सीहरु सडक डिभिजन कार्यालय, खानेपानी डिभिजन कार्यालय, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालयले आफ्ना प्रगति प्रतिवेदन प्रस्तुत गरे । समिक्षा कार्यक्रममा संघीय सांसद दलबहादुर रानाले अब स्थानीय तहले काम गर्न सकिएन भनेर प्रगति प्रतिवेदन निशाराजनक प्रस्तुत गर्नु दुःखद भएको बताउनुभयो । उहाँले मगर समुदायको बाहुल्यता रहेको पाल्पामा मगर संस्कृति सहितका धर्म संस्कृति र भाषा संरक्षणमा स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । यस्तै जनताका सेवा सहज रुपमा हुन नसकेको, लक्षित समुदाय अपाङ्ग जेष्ठ नागरिकको सेवामा लाग्न संघीय सरकारको मुख नताकी आफूले नै त्यस्ता समुदायको विकासमा काम गर्नु स्थानीय तहलाई सुझाव दिनुभयो । गाउँपालिका र नगरपालिकाले आफै ऐन कानून बनाएर भएता पनि विकास निर्माणमा लाग्नुपर्नेृ भन्दै पूर्व मन्त्री समेत रहेका रानाले कसैले गरेन भनेर दोष लगाएर बस्ने वातावरण नगराउन सबैमा आग्रह गर्नुभयो । यस्तै प्रदेश सभा सदस्य नारायण आचार्यले स्थानीय तह र संघ, प्रदेशविच तालमेल नमिल्दा विकासका कामहरु प्रभावित भएको बताउनुभयो । समिक्षामा सबै गाउँपालिका र नगरपालिकाका प्रशासकीय अधिकृत, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका विजय खरेल, खानेपानीका इन्जिनियर संजीव अधिकारी, सडक पूर्वाधार कार्यालयका इन्जिनियर प्रेम बस्याल लगायतले आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कार्यवाहक जिल्ला समन्वय प्रमुख मिरा मरासिनीले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update