Erani Mahal
पाल्पामा आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना र रिब्दीकोट गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । पीसीआर माध्यम्बाट गरी कुल ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जना संक्रमित भएका छन् ।यस्तै स्वास्थ्य कार्यालयले आइतबार ६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २८ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update