Erani Mahal
लुम्बिनी प्रदेशमा माओवादीका क्रियाशील सदस्य करिव ९० हजार (कुन जिल्लामा कति तथ्यांक सहित)
maoist_logo_Vw7n2luNVb
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ । निर्धारित समयभित्र क्रियाशील करिब ९० हजार क्रियाशील सदस्य पुग्ने देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या बढेको छ । विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा तीन हजार ६०० जनाले क्रियाशील सदस्यता लिएकोमा हाल सो जिल्लामा ५ हजार ३ सय ५७ जनाले सदस्यता इन्ट्री गरेका छन् । क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएअनुसार रुपन्देहीमा ६ हजार ५ सय ३९ जनाले सदस्यता भरेका छन् । यस्तै, पाल्पामा ३ हजार ४ सय ६१ जना, नवलपरासी पश्चिममा ३ हजार २ सय ५१ जना, कपिलवस्तुमा ३ हजार ४ सय २४ जना र अर्घाखाँचीमा २ हजार १ सय ५२ जनाले सदस्यता भरेका छन् । त्यस्तै प्युठानमा ५ हजार ३ सय २४ जना, दाङ्गमा १३ हजार ९ सय ५ जना, बर्दियामा ११ हजार ७ सय ३६ जना, रोल्पामा १४ हजार ८ सय ५९ जना, रुकुम पश्चिममा ५ हजार ९ सय ५४ र बाँकेमा ८ हजार ९ सय २ जनाले सदस्यता भरेको बरालले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update