Erani Mahal
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल सडक खण्ड रातको समयमा १५ दिन बन्द रहने
251857963_1217161282109668_2493101292231687611_n
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा – बुटवल सडक खण्ड रातको समयमा १५ दिनका लागि बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा – बुटवल सडक खण्डको दोभान क्षेत्रमा सडक चौडा गर्नका लागि डिभिजिन सडक कार्यालयले रातीको समयमा बन्द गर्ने सुचना जारी गरेको हो । डिभिजन सडक कार्यालयका अनुसार कार्तिक २२ गते देखि मंसिर ६ गते सम्मको अवधीमा राती ९ बजे देखि बिहान ५ बजे सम्म सुरक्षा र एम्वुलेन्स बाहेकका सवारी साधन सन्चालन नगर्न आग्रह गरीएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update