Erani Mahal
अर्घाखाँची रयलेमा व्यवसायिक मौरी पालनमा अग्रसर : पौडेल
WhatsApp Image 2021-11-09 at 1.25.47 PM
पाल्पा- युवा उद्यमी तथा व्यवसायी निलकण्ठ पौडेलको अग्रसरतामा अर्घाखाँची जिल्लाको पाणेनी रयलेमा व्यवसायिक मौरीपालनको सुरुवात गरिएको छ । विभिन्न पेशा व्यवसायमा सक्रिय पौडेलले गाउँका युवालाई समेत अग्रसर बनाएर मौरीपालनमा लाग्नुभएको हो । अर्घाखाँची जिल्लाको पूर्र्वी भेग पाणिनी गाउँपालिका वार्ड नं. २ पोखराथोक साविक ३ रयलेमा आफूले युवालाई गाउँमा आत्मनिर्भरतासँगै आय आर्जनमा लगाउनको लागि व्यवसायिक रुपमा माहुरी पालन शुरु गरिएको व्यवसायी युवा निलकण्ठ पौडेलले बताउनुभयो । पाल्पा जिल्लाको बगनासकालीको बराङ्दीबाट १० घार माहुरी सहितको घार ल्याएर व्यवसायिक माहुरी पालन शुरु भएको हो । रयलेका सक्रिय युवाहरुको सक्रियतामा उक्त माहुरी आफुले ल्याएको युवा व्यवसायी पौडेलले वताउनुभयो । गाउँमा माहुरी पालनसँगै अग्रज बुवा आमाले समेत धन्यवाद दिएको पौडेल बताउनुहुन्छ । सोही गाउँमा जन्मेका पौडेलले माहुरी ल्याउदा यहाँका अन्य किसान माहुरी व्यवसाय प्रति आकर्षित बन्दै गएका छन् । आफु जन्मेको भुमीलाई व्यवसायिक रुपले अव्बल बनाउने हेतुले उक्त व्यवसाय सञ्चालन गरेको पौडेलले बताउनुभयो । माहुरीपालन व्यवसाय पोखराथोक गाउँ, पाणिनी र जिल्ला भर फैल्याउने आफ्नो उद्देश्य रहेको पौडेलले वताउनुभयो । गर्यो भने आफ्नै देसमा केही हुन्छ’ मेहनत नै नगरी देशमा अवसरनै छैन, लगानी गर्नको लागी पैसा छैन, पैसा कहावाट ल्याउनु , हामीलाई हेरिदिने कोही छैन, हामीलाई साथ दिने कोही छैन्, भन्ने युवालाई उहाँले आफ्नो भिजन, लगनशिलता, मेहनत गर्ने थप उर्जा बोकेर सकारात्मक रोचका साथ वढ्नुस् लगानी गर्नको लागि गाउँगाउँमा सहकारी बैङ्कहरु छन् कसैको मुख ताक्नु पर्दैन मात्र आफ्नो आत्मवल र निरन्तरता लाई ध्यान दिएर अगाडि बढन प्रेरित गदै पौडेलले अहिलेका युवापुस्तालाई हौसला दिदै आउनुभएको छ । १० घार माहुरी ल्याएर गाउका युवालाई माहुरी पालनमा लाग्न उत्प्रेरणा दिने र पछि विस्तारै धेरै सङ्ख्यामा माहुरी पालन गरि गाउँको सदुपयोग हुन नसकेको बहुमुल्य फुल हरू, तिजु, चिउरी, खिलुवा, तोरी, फापर, तिल, साल लगायत रुख विरुवामा फुल्ने फुलबाट निस्केर खेर जाने रसलाई माहुरी पालेर सदुपयोग गर्नेर फुल झरेर खेर गएको रस फोहोर भएर खेर गएको उक्त फोहोरलाई मोहरमा परिणत गर्न सकिने उहाँले बताउनुभयो । माहुरीलाइ अन्य पाल्तु जनावर जस्तो धेरै स्याहार सुसार गर्न नपर्ने हुनाले अन्य पशुपालन भन्दा धेरै सहज हुने उहाँले बताउनुभयो । मेहनत गरी लगनशिल भएर काम गदै जादा वडा पालिका तथा प्रदेस सरकारबाट माहुरी तथा घार बनाउने कामको लागि तालिमको व्यवस्था गरिदिएमा माहुरी पालक किसान लाई अझ उर्जा र हौसला मिल्ने थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update