Erani Mahal
चायाँबाट छुटकारा पाउने घरेलु विधि
chaya1604724804
जाडो याममा दिनदिनै नुहाउन गाह्रो हुन्छ । त्यसमाथि शरीरलाई न्यानो राख्न बाक्लो लुगाका साथै टोपी लगाउनुपर्ने हुन्छ । यसले गर्दा कपाल चिलाउने, रुखो हुने जस्ता समस्या देखिन्छ । साथसाथै कपालमा चाया पर्छ । चाया खासगरी टाउकोको छालामा रहेका मृत्त कोशिकाहरुका कारण हुन्छ । अतः यसबाट छुटकारा पाउनका लागि केही घरेलु विधी छन् । तेल मालिस कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ । बाफ मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ । कागतीको रस यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ । कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल झर्न पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ । दही र मरिच दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ । अमला स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ । र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो । मेथीबाट उपचार मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ । तिलको तेल तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटपछि टाउको धुनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update