Erani Mahal
कोरोनाको जस्तै लक्षण भएको मौसमी फ्लूबाट कसरी बच्ने?
flu1632367879
वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ। त्यसैले यसबाट निम्न उपायहरु अपनाऔं - फ्लू लागेका व्यक्तिबाट टाढै बसौं - आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौं - घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाऔं - मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगरौं - खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौं - बेलाबेलामा साबुनपानीले हात धोऔं - हातले आँखा नाक वा मुख छुने बानी त्यागौं - तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनऔं - प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔं - गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौं - सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔं
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update