Erani Mahal
रामपुरकाे हाेटल न्यू श्रीनगरमा प्यार्टी प्यालेस थप, साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम हुने
hotel1
पाल्पा - पाल्पाको रामपुरमा सञ्चालित होटेल न्यु श्रीनगरले आबश्यकतासँगै पार्टी प्यालेस थप गरेको छ । कालीगण्डकी बेशीको पर्यटन र सेवालाई मध्यनजर गर्दै थप सेवा विस्तार गरेको हो । सन् २०२० जनवरीमा शुभारम्भ गर्ने गरि पर्यटन वर्ष २०२०मा आकर्षक रुपमा बनाइएको पार्टी प्यालेस सहितको हल कोभिडको कारण औपचारिक उद्घाटन रोकिएको थियो । रामपुर क्षेत्रमा २०७१ देखि सञ्चालित न्यु श्रीनगरमा सेमिनार हल, लज तथा रेष्टुरेण्ट भएकोमा होटेलले सेवा थप गरेर स्तरीय हल सहितको पार्टी प्यालेस सञ्चालनमा ल्याएको हो । पार्टी प्यालेसको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल र समाजसेवी राजु प्रसाद श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उट्घाटन गर्नु भएको छ । पार्टी प्यालेसको उट्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले निजी क्षेत्रको लगानीमा प्यार्टी प्यालेस र सुविधा सम्पन्न हल बन्नु यस क्षेत्रको विकासमा इट्टा थप भएको बताउनुभयो । समाजसेवी राजु प्रसाद श्रेष्ठले व्यक्तिगत लगानीमा निर्माण भएको यस होटेल र प्यार्टी प्यालेसले रामपुर क्षेत्रको आवश्यकता परिपूर्ति गरेको बताउनुभयो । कोभिडले व्यवसाय धरापमा परेपनि निरन्तर लगानी र कामले रामपुरमा बाहिरबाट जो कोही आउदा शौखले बस्न सक्ने संरचना बनेको बताउनुभयो । विदेशबाट फर्केका र भारतीय सेनाबाट सेवानिबृत दाजुभाईको लगानीमा होटेल सञ्चालनमा आएको हो । अहिले बनेको हल १ हजार जना अट्ने क्षमताको छ । बढ्दो शहरीकरण र आबश्यकता तथा मौलिक गीत संगितलाई जोड दिन रोधीघरको रुपमा साप्ताहिक दोहोरी र शनिवार चलचित्र प्रर्दशन गर्न मिल्ने गरि हल तयार गरेको सञ्चालक महेन्द्र श्रेष्ठले बताउनुभयो । २०२० पर्यटन बर्षलाई मध्यनजर गरेर हल बनाएका थियौं सरकारले कोभिडका कारण पर्यटन बर्षको रुपमा कार्यक्रम स्थगित ग¥यो, श्रेष्ठले भन्नुभयो– व्यवसाय, दैनिक क्रियाकलाप तथा हरेक गतिबिधि सामान्य रुपमा फर्किएको अबस्थामा अहिले बिधिवत् रुपमा पार्टी प्यालेसको शुभारम्भ गरेका हौं । झण्डै ६ करोडको लगानीमा सभाहल, सेमिनार हल, स्तरयि लज सहित ८ बर्ष अघि होटेल सञ्चालन भएकोमा अहिले झण्डै ५ करोड लगानीमा पार्टी प्यालेस हल तयार गरिएको अर्का सञ्चालक महेश श्रेष्ठले बताउनुभयो । हलमा स्थानीय पन झल्कने तथा पर्यटन प्रर्बद्धनमा जोड दिने गरि नेपालका पर्यटकिय स्थल र यस क्षेत्रका पर्यटकीय स्थलहरुको आकृति भित्तामा कोरिएको छ । देशका महत्वपुर्ण पर्यटकीय स्थलहरु लुम्बिनी, गोरखा मनकामना, लमजुङको घले गाउँ, पाल्पाका पर्यटकीय स्थलहरु तालपोखरा, भुजात, सिताकुण्ड, रानीमहल र आकर्षक तस्वीरहरु निर्माण गरिएको छ । कार्यक्रमको सञ्चालन कलाकार डिवी कालिजले गर्नु भएको हो । पार्टी प्यालेस शुभारम्भको अवसरमा आईतबार र सोमबार लाईभ दोहोरी, डान्स तथा उत्कृष्ट प्रस्तुति समेत भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update