Erani Mahal
पाल्पामा मंगलबार  ५  जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपलिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ४७ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले मंगलबार ५ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ जना होम आइसोलेसनमा र ८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update