Erani Mahal
पाल्पामा साेमबार १७ जनामा कोरोना संक्रमण पुष्टि
Corona_virus
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले साेमबाार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपलिकाका १ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखाेला गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकाेट गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १५१ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले साेमबार १७ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०७ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९९ जना होम आइसोलेसनमा र ८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update