Erani Mahal
पाल्पाको रिब्दीकोटमा बजार अनुगमन, म्याद गुज्रेका सामान छ्यापछ्याप्ती
re
पाल्पा – पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूका बजार क्षेत्रको अनुगमन गरिएको छ । तिहार नजिकिदै गर्दा बजारहरुमा म्याद गुज्रेका सामाग्रीहरु बिक्री हुन सक्ने, अनावश्यक मुल्य बृद्धि हुन सक्ने भएकोले घरेलु तथा साना उधोग कार्यालय पाल्पा र रिब्दीकोट गाउँपालिकाको समन्वयमा आईतवार बजार अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा पसल ब्यवसायमा ब्यापारका लागि राखिएका खाद्य सामाग्रीहरुको उपभोग्य म्यादको अवस्था, नापतौलको अवस्था, घरेलु, प्यान तथा गाउँपालिका र वडा कार्यालयमा दर्ता तथा नविकरणको अवस्था, होडिङ बोर्ड राखिएको नराखिएको, मुल्य सूची राखिएको नराखिएको र केही स्थानमा म्याद गुर्जिएका सामान बिक्री गरेको पाईएको छ । रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २७ हजार ३ सय ९५ रुपैयाँ बराबरको म्याद गुज्रेका झिनिया, विस्कुट, चाउचाउ, कुरकुरे, पापड, प्राउन, चाउमिन, वियर, करेन्ट खुर्सानी, मसला, क्यान वियर, कोकाकोला, स्पाइट, स्यामफु, सुर्ती, आटा, पाउरोटी बरामद् गरी नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका उद्याेग अधिकृत देवीराम भण्डारी, गाउँपालिकाका छैठाैँ अधिकृत रूकलाल भट्टराई, खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पाल्पाका ना.सु कृष्णप्रसाद भट्टराई, व्पापार संघका प्रतिनिधि कृष्ण अधिकारी, उद्योग वणिज्य संघका प्रतिनिधि नरेन्द्र अमात्य, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि भीमबहादुर सुनार र पत्रकार नवराज ज्ञवालीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update