Erani Mahal
रुपन्देहीको तिलोत्तमामा कार दुर्घटना
251472843_1309667729471792_8544323784885571769_n
बुटवल - रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रीत भई बुद्धको मूर्तिमा ठोक्किएको छ । बुटवलबाट भैरहवा जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा अनियन्त्रीत भई डिभाइडरमा चढेर नजिकै रहेको बुद्धको मूर्तिमा समेत ठोक्किन पुगेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनाबाट बुद्धमूर्ति क्षत–विक्षत भएको छ भने कारमा पनि क्षति पुगेको छ । दुर्घटनामा परी कारका चालक ओमसतिया गाउँपालिका-१ का ४३ वर्षीय प्रकाश बुढाथोकी घाइते भएका छन् । बुढाथोकीको मेडिकल कजेल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुढाथोकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update