Erani Mahal
निस्दीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
nis
धनबहादुर ठाडा, पाल्पा – निस्दी गाउँपालिका–४े मित्यालमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तनका लागि युवा निस्दी – ४ , मित्याल , झ्यालतुङको आयोजना प्रतियोगिता भएको हो । आइतबार सम्पन्न खेलमा मित्याल प्रथम भएको छ । बौदीकाली , नवलपुर द्दितिय र गल्धा तृतीय भएका छन। विजयी तिमलाई निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुरस्कार वितरण गर्नुभएको थियो । खेलमा प्रथम , द्दितिय र तृतीयले क्रमश ः नगद ६० हजार , ३० हजार र १५ हजारका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उत्कृष्ट खेलाडीको पुरस्कार मित्यालका हिमाल सुनारीले पाउनुभएको खेल संयोजक पुनाराम सुनारीले बताउनुभएको छ। खेलमा १२ टिमको सहभागिता रहेको थियो । युवाका अध्यक्ष रोमन गाहाको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update