Erani Mahal
स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने?
stroke1635436016
काठमाडौं– सानेपा घर भएकी ६० वर्षीय कान्छी थापाको अचानक शरीरको दायाँ भाग चल्न छोड्यो । बोली पनि स्पष्ट नबुझिने भयो। परिवारका सबै सदस्य आत्तिएर उहाँलाई अस्पताल पु¥याए । अस्पतालमा जाँच गर्दा थाहा भयो, स्ट्रोक भएको रहेछ । छिटो अस्पताल पु¥याएकाले नआत्तिन डाक्टरले आग्रह गरे । डाक्टरले भनेअनुसार औषधि दिएको दुई घन्टापछि उहाँ पहिलाको जस्तै बोल्न थाल्नुभयो । उहाँ जस्तै स्ट्रोक भएर ४ घन्टाभित्र अस्पताल आउने बिरामीलाई थ्रोम्बोलोसिस दिएपछि स्वास्थ्यमा छिटो सुधार हुने बताउनुहुन्छ वरिष्ट न्युरोलोजिस्ट बाबुराम पोखरेल । उहाँका अनुसार यदि ढिला गरेर अस्पतालमा पु¥याएमा स्ट्रोकका बिरामीले विभिन्न स्वास्थ्य समस्या भोग्नु पर्छ । स्ट्रोक भनेको के हो? वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ । यसको मतलब यदि अचानक अनुहार बांगियो, हात सिधा भएन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ । दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ । यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ । खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुलाई हुने गर्दछ तर नेपालमा ४५ वर्षभन्दा कम उमेका मानिसहरुलाई स्ट्रोक हुने गर्दछ । यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ । स्ट्रोक दुई प्रकारका हुन्छन एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ । यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ । यो उच्च रक्तचापले हुने गर्दछ । स्ट्रोक हुनुको प्रमुख कारण स्ट्रोक हुनुको बढ्दो उमेर यसको एउटा प्रमुख कारण हो। महिलालाई भन्दा पुरुषमा स्ट्रोक हुने सम्भावना बढी हुन्छ । धूमपान गर्ने व्यक्तिलाई स्ट्रोक हुने सम्भावना बढी हुन्छ । उच्च रक्तचाप र मधुमेह स्ट्रोक हुनुको प्रमुख कारण मान्न सकिन्छ । जसको मुटुको चाल गडबढ छ, त्यसलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ । स्ट्रोकका लक्षण यदि अचानक अनुहार बांगो भयो, आखाँ देखिएन, बोली लरखरायो, हात सिधा भए भने स्ट्रोक भयो भनेर अस्पतालमा जँचाउन जानु पर्छ । स्ट्रोक भएको थाहा पाएपछि के गर्ने? स्ट्रोक भइसकेपछि जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ । स्ट्रोक भएको ४ घन्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निको बनाउन सकिन्छ। ४ घन्टाभित्र आएका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैं गर्न सक्ने हुन्छन्।थ्रोम्बोलाइसिस भन्ने औषधि समयमै दिइएको खण्डमा बिरामीले आफ्नो काम आफैं गर्न सक्ने हुन्छन् । नेपालमा स्ट्रोक अवस्था कस्तो छ? नेपाल स्ट्रोका कति बिरामी छन् भन्ने तथ्यांक छैन । तर नुरोलोजीमा स्ट्रोक भएर अस्पतालमा आउने बिरामी दोस्रो नम्बरमा पर्छन् । समयमा अस्पताल नआएर हेलचेक्र्याइँ गरेर घरमा बस्दा जीवनभरि नै दुःख पाएका घटना पनि छन् । नेपालमा स्ट्रोक धेरै मानिसलाई हुने गर्दछ तर मानिसलाई स्ट्रोकबारे चेतना नहुँदा ढिला अस्पतालमा पुग्दछन् । महिनौँ फिजियोथेरापी गर्ने गर्नु पर्दछ । त्यतिमात्र होइन, लामो समय अस्पतालमा भर्ना भएर बस्दा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन्छन् । जस्तैः इन्फेक्सन,प्रेसर अल्सर, निमोनिया हुने सम्भावना धेरै हुन्छ । स्ट्रोकबाट बच्न के गर्नुपर्छ? स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान गर्नु हुँदैन। नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नु पर्दछ। त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update