Erani Mahal
शनिवार दिनभर पाल्पाको विद्युत बन्द हुने !
249468946_213446447527883_5668185876740267985_n
पाल्पा- शनिवार (१३) गते पाल्पा जिल्लाभर विद्युत प्रशारण अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जनाएको छ । केन्द्रले पाल्पा वितरण केन्द्र अन्तर्गतको पश्चिम फिडर ११ केभि लाइन बतासे सबस्टेशन देखि पश्चिम जाने लाइनमा विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बु्रस कटिङ्ग (रुखका हाँगाविगा) काट्ने भएकाले विद्युत अवरुद्ध हुने जनाएको छ । विद्युत कार्यालयले भने प्रत्येक शनिवार वु्रस कटिङ्ग भन्दै विद्युत काट्ने भएता पनि कहाँ कति रुखका हाँगा विगा काटिएकाे भन्ने जानकारी दिने नगर्दा उपलव्धी भने नभएको भन्दै केही उपभोक्ताहरुले गुनासो गर्दै आइरहेका छन् । जिल्लामा पटक पटक विद्युत जाने समस्यामा भने कार्यालयको ध्यान जान सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update