Erani Mahal
निस्दीमा नेतृत्व विकास तथा पत्रकारिता सम्बन्धि ३ दिने तालिम शुरु
248468306_730504877906696_1192125276872857109_n
धनबहादुर ठाडा , पाल्पा - निस्दी गाउँपालिका पाल्पामा नेतृत्व विकास तथा पत्रकारिता सम्बन्धि ३ दिने तालिम शुरु भएको छ। निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा आदिवासी जनजाति समन्वय समिति निस्दीको समन्वयमा तालिम भएको हो। ४ नम्बर वडा कार्यालय मित्यालका कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोतीको अध्यक्षतामा भएको तालिमको गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले उद्घाटन गर्नुभएको थियो । गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा भएको तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष अर्याल , आदिवासी जनजाती समन्वय समितिका संयोजक नरेश सुनारी , पत्रकार माधव अर्याल , गाउँपालिका कर्मचारी प्रमोद भट्टराई लगायतले बोल्नुहुँदै तालिम सफलताको कामना गर्नुभएको थियो । तालिममा निस्दी गाउँपालिकाको सात वडाका १६ जनाको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन आज सञ्चारको परिचय , पत्रकार र पत्रकारिताको विकास , समाचार लेखन तथा नेतृत्व विकास सम्बन्धि विषयबस्तुको बारेमा ज्ञानसीप सिकाएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन निस्दी गाउँपालिका सहायक महिला विकास अधिकृत सुजाता पान्थीले गर्नुभएको थियो । तालिमको सहजीकरण पत्रकार माधव अर्यालले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update