Erani Mahal
१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’
corona
काठमाडौं - सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने गरी एक करोड डोज कोरोना भाइरस विरुद्धको खोप बुक गरिसकेको जानकारी दिनुभयाे । १८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइसकेका बेला सो उमेर समूहभन्दा कम उमेर समूहलाई लक्षित गरी सरकारले खोप ल्याउन थालेको हो । १२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भन्नुभयाे, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिसकिएको छ । अमेरिकाबाट खरिद गरेर ल्याउने फाइजर र मोडेर्नाको एक करोड डोजले ५० लाखलाई पुग्छ।’
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update