Erani Mahal
जाडो मौसममा शरीरलाई तातो बनाउन यी खानेकुराहरू खानुहोस्
chiso-jado-cold-e1635344634943
काठमाडौं - चिसो मौसम सुरु हुनै लागेको छ । दिउसोको समयमा गर्मी भएता पनि बिहान र बेलुकाको समयमा जाडो हुन्छ । चिसो मौसम सुरु भएसँगै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्दछ । साथै मौसम परिवर्तनको समयमा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु सिर्जना हुने गर्दछ । कठ्याङ्ग्रिँदो चिसोबाट शरीरलाई बचाउनका लागि मानिसहरु ऊनीको कपडाको सहारा लिन्छन् । तरपनि चिसोबाट जतिसुकै बच्छु भन्दा पनि छोइहाल्छ । यस्तोमा चिसो मौसममा पाइने केही विशेष खानेकुराले कठ्याङ्ग्रिँदो चिसोबाट हामीलाई जोगाउने गर्छ । यस्ता खानेकुराले तपाईंको शरीरलाई तातो त राख्छ नै यसले स्वास्थ्यका लागि पनि सकारात्मक प्रभाव पार्ने गर्छ। शख्खरखण्ड- शख्खरखण्ड चिसो मौसममा पाइने कुनै उपहारभन्दा कम छैन । यसमा पाइने क्यालोरी र उच्च पौष्टिक तत्वले शरीरलाई ऊर्जावान् राख्छ । शख्खरखण्ड फाइबर, भिटामिन ए र पोटासियमको राम्रो स्रोत मानिन्छ । यसको नियमित सेवनले कब्जियत, प्रतिरोधी र इन्फ्लेमेशनसँग सम्बन्धित समस्यालाई टाढा राख्छ । खजुर- चिसो मौसममा पाइने खजुर एउटा लो फ्याट फूड हो जसले तौल बढ्ने समस्या पैदा हुन दिँदैन । पौष्टिक तत्वको पावर हाउस खजुर जिम धाउनेहरुका लागि उत्कृष्ट खानेकुरा हो । यसलाई आफ्नो दैनिक खान्कीमा समावेश गर्दा यसले चिसो मौसममा शरीरलाई तातो बनाउँछ । बदाम–ओखर-बदाम र ओखरको सेवनले हाम्रो खाना स्नायू प्रणाली सक्रिय रहन्छ । यसले इन्सुलिन प्रक्रियालाई उत्कृष्ट बनाउने काम गर्छ र मुटुको स्वास्थ्यमा पनि सुधार ल्याउँछ । ओखरमा भएको ओमेगा–थ्री फ्याटी एसिड हाम्रो शरीरका लागि असाध्यै फाइदाजनक छ । यसका लागि तपाईं खुर्पानीको पनि सेवन गर्न सक्नुहुन्छ । कोदो-चिसो मौसममा कोदोले पनि हाम्रो स्वास्थ्यलाई ठूलो फाइदा पुर्याउँछ । कोदोले मधुमेहलाई नियन्त्रण गर्नुका साथै रक्तअल्पत्तामा पनि राहत प्रदान गर्छ । यसले निद्रा नलाग्ने, तनाव र डिप्रेसनमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update