Erani Mahal
पाल्पाको रामपुरमा मोटरसाइकल ठोकिदा तीन जना घाइते
accident2019-04-05
पाल्पा– पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नंं. ४ मा मोटरसाइकल दुर्घटना भएको छ । रामपुर नगरपालिका ४ खोप्टारमा बुधबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । रामपुर ३ गण्डकी ढिकबाट खोप्टार आउँदै गरेको लु १४ प १२२८ नम्बरको मोटरसाईकल र बेझाँडबाट चापाकोट नगरपालिका ५ साँखर जाँदै गरेको लु ११ प ७२४२ मोटरसाईकल ठोक्कीएको हो । दुर्घटनामा साँखर जाँदै गरेको मोटरसाईकल चालक चापाकोट नगरपालिका ६ साँखर स्याङ्जाका २३ वर्षिय सागर पोखरेल, सोही मोटरसाईकलमा सवार चापाकोट ६ का ३६ वर्षिय देवका पोखरेल र खोप्टार आउँदै गरेको मोटरसाईकलमा सवार रामपुर ४ का ४० वर्षिय रेम बहादुर मानान्धर घाईते भएको र घाईतेहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ । गण्डकी ढिकबाट आएको मोटरसाईकल कालीगण्डकी करिडोरको सडक बाट भित्रि सडकमा मोड्ने क्रममा बेझाँडबाट आउँदै गरेको मोटरसाईकलसंग ठोक्किएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update