Erani Mahal
महामारीको बेलामा किशोरकिशोरीले मानसिक स्वास्थ्यको हेरचाह गर्न ध्यान दिनुपर्ने ५ कुरा
watching from window1635250728
विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरु कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथीसँग छुट्दा, उसै त गाह्रो किशोरावस्थाको समयमा झनै अप्ठ्यारो थपिएको हुनसक्छ। महामारीको बेलामा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्न यी कुराहरु गर्न सक्नुहुन्छ । १. महामारीको बेलामा डर र चिन्ता सामान्य हो भन्ने बुझ्नुहोस् महामारीले ल्याउने अन्यौलपूर्ण वातावरणले चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो। यस्तो बेलामा डर र चिन्ता क मगर्न गलत र भ्रामक सूचनाहरुबाट बच्नुहोस् भरपर्दो र विश्वासिलो माध्यमबाट मात्रै सूचना र जानकारी लिनुहोस् । अप्रिय घटनाहरु बारेमा धेरै पढ्ने वा धेरै हेर्ने नगर्नुहोस्। २. आफूलाई मन पर्ने काममा आफूलाई व्यस्त राख्नुहोस् होमवर्क गर्ने, टिभी हेर्ने, नयाँ किताब पढ्ने, चित्र कोर्ने वा नयाँ सीप सिक्ने आदि गरेर आफूलाई व्यस्त राख्नुहोस्। यसरी आफूलाई रमाइलो लाग्ने काम गर्नाले डर वा चिन्ता पनि लाग्दैन र नयाँ कुरा पनि सिकिन्छ। ३. साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय खोज्नुहोस् र परिवारसँग समय बिताउनुहोस् साथीहरुसँग सम्पर्कमा रहिरहन सिर्जनशील उपाय सोच्नुहोस्। इन्टरनेटमा सबैजना मिलेर गर्न सकिने सामूहित क्रियाकलाप आयोजना गर्नुहोस् र सहभागीता जनाउनुहोस्। आफ्नो परिवारका सदस्यहरुसँग पनि सिर्जनात्मक कार्यहरु गरेर समय बिताउनुहोस् । ४. आफू र अरुप्रति दयालु हुनुहोस् एकअर्कालाई सहयोग गर्नुहोस् गाह्रो अप्ठेरोमा परेका साथीलाई साथ र हौसला दिनुहोस्। हिंसा वा दुव्र्यवहारमा कोही पर्नुभएको छ भने बाल हेल्पलाइन नम्बर १०९८ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्नुहोस्। अरु समयभन्दा बढी सजग रहनुहोस्। ५. नजिकका साथी वा अभिभावकसँग आफ्ना भावना साटासाट गर्नुहोस् आफ्ना विश्वासिला र मनमिल्ने साथीभाइ वा अभिभावकसँग आफ्नो भावना साटासाट गर्नाले मनको बोझ हलुका हुन्छ। यसले डर चिन्ता क मगर्न पनि सहयोग गर्छ। र उनीहरुको सुझाव र सहयोगले आफूलाई परेको समस्याको हल पनि निक्लिन सक्छ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update