Erani Mahal
रुपन्देहीका स्थानीय तहमा एमालेलाई नेतृत्व चयनमा सकस
Untitled-11635316713
रूपन्देही – रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १६ स्थानीय तहमध्ये सैनामैना, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । यी तीन स्थानीय तहमा सहमति जुटाउने प्रयास भइरहेपनि नेतृत्व चयन भएका छैनन् । बुटवल उपमहानगरपालिकामा अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन हुनुभएका छ । अध्यक्षका लागि ६ जना आकांक्षी रहेका थिए । त्यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चुनिएका हो । सचिव र उपसचिबमा भने अझै सहमति जुट्न नसकेको एमाले रुपन्देही सचिवालय सदस्य तेजेन्द्र केसीले बताउनुभयो । एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन । अध्यक्षको लागि चार जना आकांक्षी देखिएपछि नेतृत्वलाई मिलाउन सकस परेको छ । तिलोत्तमामा मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ । उता देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन । यी स्थानीय तहमा चुनावको तयारी भइरहेको छ । त्यस्तै सैनामैना नगरपालिकामा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष हुनुभएको छ । त्यस्तै शुद्दोधन गाउँपालिका कमिटीमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिनुभयो । गैडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिनुभयो । गैडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुनु भएको छ । कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिनुभयो । मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन हुनु भएको छ। रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update