Erani Mahal
रामपुरमा सार्वजनिक सवारीको भाडादर समायोजन बिषयमा सरोकारवाला संग छ्लफल
249385458_391505106050326_9040629458443328929_n
पाल्पा - पाल्पा जिल्लाकाे रामपुर नगरपालिकामा संचालित सार्वजनिक सवारीको भाडा समायोजन सम्बन्धी छलफल नगरपालिकामा भएको छ । नगरपालिकाका विभिन्न स्थानमा पुग्ने भ्यान, अटो तथा बसले यात्रु संग बढी भाडा लिएको भन्दै नगरपालिकामा लिखित निवेदन आएसंगै नगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो । बाटो सहज भैसक्दा समेत भाडा समायोजन नगर्दा १५/२० मिनेटको बाटोमा सयौ रकम भाडा उठाउने गरेपछि युवा संघ रामपुर १० का युवाहरुले नगरपालिकामा निबेदन दिएका थिए । रामपुर- गेझा झण्डै १३-१५ किलोमिटर करिडोरको बाटोमा ठुला बस देखि भ्यान र ट्याम्पोको भाडा मूल्य २००-३०० सम्म लिने गरेको भन्दै दैनिक नागरिकको ढाड सेक्ने गरि लिएको भाडामा बाटोको अबस्था अनुसार भाडा समायोजन गर्न उनीहरुले आग्रह गरेका हुन् । पछिल्लो समय नगरभित्र सञ्चालन हुने भ्यान तथा अटोले भाडा धेरै लिने गरेको, सडक स्तरउन्नति भए पनि भाडा समायोजन नभएको जस्ता गुनासो बढेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बसेको छलफलले यातायात समितिबाट आगामी शुक्रवार सम्ममा भाडा समायोजनको खाका आउने र पुनः बैठक बसेर छलफलबाट एउटा निश्चित भाडादर कायम गर्ने बताउनुभयो । युवा संघका सदस्य विपुल पोखरेलले रामपुर भित्रै सरल बाटोमा सवारी साधनले यात्रुलाई ठग्ने गरेको बताउनुभयो । ठुला बसहरु र साना भ्यान, अटोले एकै ठाउमा पनि फरक फरक मुल्य लिने गरेको र जसरी पनि आम सर्वसाधारण नागरिक चेपुवामा परेको बताउनुभयो । बसको पनि समायोजन हुनुपर्छ साना गाडीलाई व्यबस्थित समेत गर्नुपर्छ उहाँले भन्नुभयो । नगरपालिका- १० गेझा बर्दलेबाट बेझाड बजार सम्मको भाडा ३ सय रुपैयाँ तिर्नु परेको पोखरेलले गुनासो गर्नुभयो । युवा संघका अर्का सदस्य मनिराम पौडेलले दैनिक पढ्न/ पढाउन आउने देखि काममा आउने नागरिक १५ किलोमिटरको बाटो आउन जान ६/७ सय नभै हिड्न नसक्ने भएको बताउनुभयो । बस, कार, भ्यानले मनपरी भाडा अशुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गरि निवेदन बुझाएका हौ उहाले भन्नुभयो । बेझाड बजार देखि रामटार सम्मको करिव १५ किलोमिटरको दुरीमा नमस्ते रामपुर यातायात प्रालिले कच्ची बाटो हुँदा बखत नगरको समन्वयमा २ सय रुपैयाँ भाडादर तोकेको थियो । त्यही भाडादर अहिले पनि चलिरहेको नमस्ते रामपुर यातायात प्रालिका कोषाध्यक्ष भोजराज भट्टराईले बताउनुभयो । तर सम्बन्धित यातायात धनीले मनपरि भाडा लिने गरेको यात्रुको गुनासो छ । यातायात व्यवसायी संग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापन विषयमा छिट्टै निर्णय गरेर यात्रु र व्यबसायीलाई मर्का नपर्ने गरि सुलभ सेवा दिने नगर प्रमुख थापाले बताउनुभयो । भाडादर सहितको डिजिटल बोर्ड नगरले राख्ने उहाँको भनाई छ । पछिल्लो समय अटो र भ्यानमा भाडादर उच्च रहेको, साना सवारीका कारण बस व्यवसायी मर्कामा परेको जस्ता गुनासो बढ्दै गएको भन्दै संवाद र छलफल बाटै समस्या समाधान गर्ने उहाँले बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधि, इलाका प्रशासन कार्यालय रामपुर, नमस्ते रामपुर यातायात प्रालि र पश्चिम नेपाल बस व्यवसायीका प्रतिनिधि, पत्रकार, प्रहरी र ट्राफिक प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया भएको हो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले भाडादर समायोजन, सिमा निर्धारण र कार्यान्वयनको लागि टिकटको व्यवस्था संगै नियमन हुनु आवश्यक रहेको बताउनुभयो। कुन गाडीले धेरै पैसा लिग्यो प्रमाण सहित निवेदन सहित आए प्रक्रियामा जान सकिने तर भनेको आधारमा मात्र कसलाई कारबाही गर्न नमिल्ने हुँदा नागरिक सचेत हुनुपर्ने बताउनुभयो । भ्यान अटो संचालकको भाषाशैली सुधारमा ध्यान दिन उहाले समितिलाई आग्रह गर्नुभयो । नमस्ते रामपुर यातायात प्रालिका कोषाध्यक्ष भोजराज भट्टराईले अहिले २६ भ्यान र २१ अटो दर्ता भएर रामपुरमा चलेको बताउनुभयो । व्यवस्थापक भेषराज पोखरेलले बिगतको भाडा दर अनुसार नै चलेको र अब बाटो सहज भैसकेपछि दर समायोजन गर्न प्रालि तयार रहेको बताउनुभयो। निबेदक युवा विपुल खनाल, मनिराम पौडेलले यातायातको पहुँचमा सबै नागरिक पुग्न सक्ने गरी भाडादार कायम हुनु पर्ने बताएका थिए । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update