Erani Mahal
नेकपा एमाले पाल्पाको पालिका नेतृत्व चयन
Polish_20211027_131409918
पाल्पा – नेकपा एमाले पाल्पामा नेतृत्व चयन भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम पालिका अधिवेशनबाट तानसेन नगरपालिका अध्यक्षमा गुराँस आत्रेय र रामपुर नगरपालिकामा बिष्णु रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाल्पाको निस्दी गाउँपालिकामा नरेश सुनारी, पूर्वखोला गाउँपालिकामा जीवन आचार्य, रम्भा गाउँपालिकामा योगेन्द्र प्रसाद गैरे, माथागढी गाउँपालिकामा तेज घर्ती मगर, बगनासकाली गाउँपालिकामा हरि पाठक, तिनाउँ गाउँपालिकामा प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकामा आषिश विश्वकर्मा र रैनादेवी छहरा गाउँपालिकामा रामप्रसाद ज्ञवाली अध्यक्षमा निर्वाचित हुनु भएको हो । एक साथ सम्पन्न भएको जिल्लाको १० ओटै स्थानिय तहको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update