Erani Mahal
एमाले तानसेनकाे अध्यक्षमा आत्रेय निर्वाचित
guras
पाल्पा - नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको अध्यक्षमा गुराँस आत्रेय चयन हुनुभएको छ । पार्टीकाे प्रथम नगर अधिवेशनबाट पाल्पा मदनपाेखराका युवा नेता गुराँस आत्रेय अध्यक्षमा निर्विराेध चयन हुनुभएको एमाले पार्टीले जनाएकाे छ । आत्रेय सहित नगरका सबै सदस्यहरु निर्विराेध चयन हुनुभएकाे हाे । आत्रेय नेपाल कम्युनिष्ट पार्टी नेकपा पाल्पाको प्रचार विभाग प्रमुख भएर काम गर्नुभएको थियो । विद्यार्थी राजनीतिबाट सक्रिय आत्रेय नेकपा एमालेमा प्रभावशाली युवा नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ । नगर अध्यक्ष आत्रेय तानसेन नगर युवा परिषद्को संयोजकको रुपमा काम गरि युवा स्वारोगारको क्षेत्रमा काम गरेको अनुभव छ । नगर कमिटिको उपाध्यक्षमा शशी श्रेष्ठ,सचिवमा महेशलाल शाक्य,उपसचिवमा मित्रलाल नेपाली,थानिमाया सोमै चयन हुनुभएको छ । उपाध्यक्ष श्रेष्ठ तानसेन नगरपालिकाको कार्यपालिका सदस्य हुनुन्छ भो सचिव शाक्य वडा नं ३ को वडा अध्यक्ष हुनुन्छ । प्रथम नगर अधिवेशनले ७४ सदस्यीय नगर सदस्य समेत चयन गरेको छ । तस्विर सुनिल कार्कि
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update