Erani Mahal
रामपुरमा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ, चार जना फरार
pakrau1
पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिका १ मा भएको सांस्कृतिक कार्यक्रममा अभद्र व्यवहार गर्नेे तीन जना पक्राउ परेका छन् भने चार जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेहरुमा रुपन्देही, देवदह नगरपालिका ५ बस्ने कर्ण बहादुर पुनको २४ वर्षीय छोरा विक्रम पुन, सोही ठाउँ बस्ने जुद्द बहादुर गुरुङको २४ वर्षीय छोरा मन बहादुर गुरुङ र पाल्पा, रामपुर नगरपालिका ५ बस्ने कमल राज बंशीको २० वर्षीय छोरा गौरव बंशी रहेका छन् । त्यस्तै फरार हुनेहरुमा रुपन्देही देवदह नगरपालिका ५ बस्ने ३१ वर्षीय सरोज मगर सोही नगरपालिका ७ बस्ने २१ वर्षीय जनक मल्ल, पाल्पा, रामपुर नगरपालिका ५ बस्ने राम बहादुर रानाको छोरा २१ वर्षीय आवेश राना र सोही ठाउँ बस्ने २० वर्षीय अप्सन बंशी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार कात्तिक ६ गते शनिबार राति ६ बजे पाल्पा, रामपुर नगरपालिका १ फुर्केचौर स्थित शंकर निमाविको प्रंगणमा स्थानीय ग्रामीण सुधार युवा क्लवले आयोजना गरेको भलिबल सँगै भएको सांस्कृतिक कार्यक्रममा उनीहरुले होहल्ला गरी रामपुर नगरपालिका ५ बस्ने ३४ वर्षीय लक्ष्मण मल्ललाई वियरको बोतलले प्रहार गरी घाईते बनाएका थिए । सोही आधारमा तीनलाई पक्राउ गरिएको र फरार हुनेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update