Erani Mahal
रुपन्देहीमा फोटोसहितको राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी
camera
बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । गयराती कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको हो । इलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी अनुसार विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको छ । विद्यालयमा रहेका चौकिदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने २ वटा क्यामेरा चोरि भएपछि अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update