Erani Mahal
पाल्पाको रिमिघा लेकले पर्यटक तान्दै
1635003873447
सुमन गाहा, पाल्पा – पाल्पा जिल्लाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटकामा रहेको रमणिय रिमिघा लेक पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । जिल्लाकै दोस्रो अग्लो पहिचान बाकेको रिमिघा लेकबाट पाल्पाको श्रीनगर डाडा, माडी फाँट, रामपुर उपत्यका, पाल्पा–स्याङ्जा–गुल्मीको संगमस्थल रिडी देखि नागबेली आकारमा बगेको कालीगण्डकी, स्याङ्जा,भैरहवा, धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल समेत देख्न सकिन्छ । रिमिघा लेक घुम्न तानसेन, रम्भा, पूर्वखोला, रामपुर, निस्दी, तिनाउ, रिब्दीकोट, रैनादेवी र बगनासकाली लगायतका क्षेत्रबाट दैनिक सयौं घुम्न आउने मानिस आउने गरेका छन् । माथागढीको चिदीपानीदेखि मोटरसाइकलमा साथीहरूसँगै पुग्नु भएका विवेक न्यौपानेले रिमिघा लेकको बारेमा सुनेकाले घुम्न आएको बताउनुभयो । उहाँले रिमिघा लेकबाट मनमोहक ठाउँहरू अवलोकन गर्दा छुट्टै रमाइलो लागेको बताउनुभयो । रम्भा गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष उमानसिङ् सारूले धार्मिक पर्यटनको रुपमा विकास गर्ने र त्यहाँ सम्मको पदमार्गलाई व्यवस्थित गराउने उद्देश्य रहेको बताउनुभयो । पहिलो वर्ष रिमिघा लेकसम्म पुग्ने बाटो, स्वागत गेट, सिंढी तथा रेलिङ, पार्किङस्थल लगायतको निर्माण गरेकोे उहाँले बताउनुभयो । चालु आवमा लुम्विनी प्रदेश सरकार तथा गाउँपालिकाको समपुरक अनुदान योजना मार्फत ५० लाख बजेटबाट रिमिघा लेकसम्म पुग्ने सिंढी तथा रेलिङलाई बिस्तार गर्ने, बगौंचा बनाउने, पिकनिक स्पट, मन्दिर, पोखरी र भ्युटावर निमार्ण गर्ने योजना रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update