Erani Mahal
'ओलेसको गाउँ’ बोलको सालैजो गीत सार्वजनिक (भिडियाे सहित)
oo
पाल्पा - पाल्पाको माथागढी गाउँपालिका -३ मा अवस्थित कौडेलेक र ओलेस गाउँको विशेष विशेषतालाई समेटेर सालैजो भाकामा गीत तयार गरिएको छ । गीतको बोल ‘ओलेसको गाउँ’ राखिएको छ । यो सालैजो भाकाको गीत सोमबारमात्रै ‘हाइलाइट्स नेपाल’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । पाल्पाकै सबैभन्दा अग्लो स्थान मानिन्छ, कौडेलेक । कौडेलेक मुनिको गाउँ हो, - ओलेस । त्यही रमणीय गाउँसंगै कोडेलेक र जिल्लाका अन्य केही स्थानहरुको विशेषतालाई गीतमा प्रस्तुत गरिएको छ । गीतलाई लेख्नुभएकाे छ, नेत्र सारुले । नेत्र ओलेस गाउँकै स्थानीय हुनुहुन्छ । गीतमा दिनेश काफ्लले संगीत दिनुभएकाे छ भने विशाल दर्नाल र धनी गाहाले स्वर दिनुभएकाे छ । थुप्रै म्युजिक भिडियो निर्देशन एवं मोडलिङ गरिसकेका कमल गाहाको निर्देशनमा तयार भिडियोमा कमलसँगै मन्दिरा रानाले शीर्ष भूमिकामा अभिनय गर्नुभएकाे छ । पर्यटकीय सम्भावना बोकेको आफ्नो गाउँलाई चिनाउने उद्धेश्यले गीत तयार पारेको नेत्रले ईरानीमहलसँग बताउनुभयाे । उहाँले गीत सार्वजनिक भएसँगै आएका प्रारम्भिक प्रतिक्रियाबाट सन्तुष्टी रहेको समेत बताउनुभयाे । गीत लेखनमा रुचि राख्दै आउनुभएका नेत्रको यो पहिलो गीत हो । यसपछि अन्य केही गीतहरु पनि सार्वजनिक हुने तयारीमा रहेको उहाँले बताउनुभयाे । निर्देशक एवं मोडल रानाले कौडेलेक, ओलेस, सराई, तानसेन लगायतका स्थानमा २ दिन लगाएर भिडियो छायाँकन गरिएको बताउनुभयाे । भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुमन कार्कीले छायाँकन गर्नुभएकाे छ । रोशन धितालले भिडियोको सम्पादन गर्नुभएकाे हाे । भिडियाे हेर्नुहाेस् : https://www.youtube.com/watch?v=vgGjI4djpO0
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update