Erani Mahal
स्थानीय तहको निर्वाचन चैत ५ गतेका लागि सिफारिस
Election-commission-nepal-e1568792493727
स्थानीय तहको निर्वाचन चैत ५ गतेका लागि निर्वाचन आयोगले सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले चैत ५ गतेका लागि मिति सिफारिस गरेको हो । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिए पनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको जानकारी दिनुभयाे । यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update