Erani Mahal
बुटवलमा बढ्यो डेङ्गु र स्क्रब टाइफसको संक्रमण
Lumbini-Pradeshik-hospital-annapurna-adda-live_20190910011539-1024x475-1
बुटवल – बुटवलमा डेङ्गु र स्क्रब टाइपसका बिरामी बढेका छन् । विगत एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा डेंगु र स्क्रब टाइफस संक्रमित बिरामीको संख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र रानाका अनुसार मौसमका कारण देखिएको यो संक्रमण अझै २ साता कायम रहने अनुमान गरिएको छ । कोरोना संक्रमणको जस्तै यसका रोगीहरुलाई पनि ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लक्षण देखा पर्ने अस्पतालका सूचना अधिकारी समेत रहेका डा. रानाले जानकारी गराउनुभयाे । अस्पतालमा दैनिक उपचारका लागि आउने मध्ये २० प्रतिशत बिरामीहरुमा डेङ्गु तथा स्क्रब टाइफसका संक्रमितहरु देखा पर्ने गरेको उहाँले उल्लेख गर्नुभयाे । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक ज्वरो आएर भर्ना हुने १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा परेका छन् । डेंगुका बिरामी पनि उपचारका लागि आउने गरेको चिकित्सकहरुले बताउनुभयाे । ठूला उमेरका बिरामीभन्दा बालबालिकामा स्क्रब टाइफस बढी देखिएको छ । अहिले बालबालिका घरबाहिर झार भएका स्थानमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले धपाउन वा मार्न नसक्ने हुन्छन्न अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत मिलेकाले यसको जोखिम बढ्दै गएको डा.रानाले बताउनुभयाे । बालबालिकामा डेंगुको तुलनामा स्क्रब टाइफस बढी छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ । यसैगरी बयस्क तथा विभिन्न उमेर समूहका बिरामीहरुमा डेङ्गुको संक्रमण देखिने गरेको उहाँले बताउनुभयाे । डेंगु दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन । मौसमका कारण यो समयमा लामखुट्टेको तोकाइले डेङ्गु लाग्ने गर्दछ भने भुसुना जस्तो देखिने किराको टोकाइबाट स्क्रब टाइफस संक्रमण हुने गर्दछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update