Erani Mahal
बङ्गुर पालनबाट गाहाको गाउँमै राम्रो कमाई
242914416_1021422988713566_2353460168324543590_n
सुमन गाहा, पाल्पा – देशमा काम गर्ने वातावरण नै छैन, भनेर अल्छी गर्नेहरूको लागि पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं.४ मित्यालका रोमन गाहा मगर जाँगरका एक ज्वलन्त उदाहरण बन्न सफल हुनुभएको छ । वि.स. २०७५ सालमा आस बंगुर फर्म दार्ता गरी बंगुर पालनको उहाँले व्यवसाय सुरु गर्नुभएको थियो । त्यो बेला यो व्यवसायमा टिक्न सकिएला कि नसकिएला भन्ने चिन्ता हुन्थ्यो । तर, बंगुर पालन व्यवसाय उहाँको लागि वरदान सावित भयो र मनग्गे आम्दानी गर्न थाल्नुभयो । अहिले उहाँले व्यवस्थित रुपमा व्यावसायिक उन्नत जातको बंगुर पालन गर्नुभएको छ । शुरुका वर्ष काठमाडौ लगायत अन्य ठाउँबाट ल्यान्डेडको माउ र युरोक जातको भाले बंगुर ल्याई पालन गरेको हो । त्यसपछि निरन्तर यहींबाट उत्पादन भएका बंगुरबाट उन्नत जातको बंगुरका पाठा÷पाठी प्रजन्न गर्दै निस्दी गाउँपालिकाको सात वटै वडामा बिक्री गर्न थालेपछि उहाँको परिचय पनि फराकिलो हुँदै गएको छ । शुरुमा दुःखसँग सञ्चालन गरेपनि अहिले बंगुरको पाठा–पाठी बिक्री गरेर बर्सेनी २ लाख नाफा मात्र हुने गरेको रोमन गाहा मगरले बताउनुभयो । उहाँले हाल सम्म १३ लाख लगानी गरी फर्म सञ्चालन गरेको बताउनुभयो । उहाँकोे बंगुर फर्ममा परिवारले मात्र काम गर्दै सञ्चालन गर्नु भएको छ । गाहाको फर्ममा अहिले खोरमा ११ वटा माउ बंगुर छ भने, भाले १ वटा छ । वर्षको दुई पटक सम्म बच्चा जन्माउँने एउटा माउले कम्तीमा तीन÷चार वटा देखि अठा वटा सम्म बच्चा जन्माउने गरेको रोमन गाहाले बताउनुभयो । उहाँको मुख्य उद्देश्य नैं प्रजन्न भएका बंगुरका पाठा÷पाठी बिक्री गर्ने रहेको छ । स्याहार सुसार गरि ३५ दिन पछि बिक्री गर्ने प्रति गोटा पाठा÷पाठी ५ हजारमा बिक्री गर्नुहुन्छ् । कैलाली,काठमाडौ लगायत जिल्ला भित्रका अन्य ठाउँबाट अहिले खोरमा नैं बंगुरका पाठा–पाठी किन्न आउँने र अग्रिम पेश्की समेत छोड्ने गर्छन् । ३०–४० हजार कमाउँन मलेसिया, कतार, साउदी अरब जस्ता खाडी मुलुकमा जानुको सट्टा व्यवसायिक रुपमा बंगुर पालन गर्न रोमन गाहा मगरले अन्य युवालाई आग्रह गर्नुभयो । आम्दानीका स्रोत पाठा–पाठी प्रजनन्, मासुका लागि बंगुरलाई पनि बिक्री गर्दै आउनुभएको छ । व्यवासायिक बंगुर पालनका लागि ओके बाजेबाट ४ लाख, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाल्पाबाट १ लाख र निस्दी गाउँपालिकाबाट २५ हजार सहयोग पाएको उहाँले बताउनुभयो । कामको खोजीमा विदेशिन विवश भई रहेका युवाका लागि यसरी व्यवस्थित व्यवसायिक बंगुर पालन, बाख्रा पालन, राँगा पालन, कुखुरा पालनका लागि युवा जनशक्तीलाई अझैं राज्यले आर्कषण गर्न सकेको छैन् । बर्सेनि २ लाख भन्दा बढी युवा रोजगारीका लागि विदेशिने मुलुकका लागि सोचनिय विषय बन्नु पर्दछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update