Erani Mahal
सूचना अधिकार र पत्रकारहरुको बीचमा छलफल
248415852_276796154345072_957782646750830881_n
पाल्पा – जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरुको बीचमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरुको बीचमा छलफल भएको हो । छलफल कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबै सार्वजनिक निकायले हरेक तीन तीन महिनामा आफूले गरेको कामको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्राबधान रहेको बताउनुभयो । उहाँले संविधान र कानुनले नै सरकारी तथा सार्वजनिक कार्यालयहरुलाई हरेक तीन तीन महिनामा सूचनाको वर्गीकरण गरेर सार्वजिनक गर्नुपर्ने व्यवस्था गरेकाले सोही अनुसार गर्न सबैलाई आग्रह गर्नुभयो । जनताले समयमै सही सूचना प्राप्त गर्ने आधार भयो भने सरकारी कार्यालयले दिने सेवा समेत प्रभावकारी बन्ने प्रजिअ पन्तको भनाई छ । तपाईहरुले सूचना अधिकारीको रुपमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ प्रजिअ पन्तले सूचना अधिकारीहरुलाई भन्नुभयो सूचना साँच्ने होइन, सूचना सार्वजनिक गर्नुपर्छ भन्ने हुनुपर्छ । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सूचनाले नागरिकको दैनिक जीवनमै प्रभाव पार्ने भएकाले सही सूचना समयमै सार्वजनिक गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले सरकारी कार्यालयका केही सूचना अधिकारीले सूचना लुकाउने गरेको, सूचना थाहा छैन भन्ने गरेको बताएका थिए । केही वर्षअघिदेखि सुरु भएको सूचना अधिकारीको बैठकलाई अबदेखि नियमित बनाउने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । उहाँले कोरोनाका कारण सूचना अधिकारीको बैठक नियमित हुन नसकेको भन्दै अबदेखि सूचना अधिकारीको बैठकलाई नियमित बनाउने जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update