Erani Mahal
पाल्पामा सोमबार १६ जनामा कोरोना संक्रमण  पुष्टि
Corona_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १५० जनाको कोरोना परीक्षण गरिएकोमा जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार १ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १२४ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९९ जना होम आइसोलेसनमा र २५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update